सानिमा इक्विटी फन्डको भदौ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १२ रुपैयाँ ५२ पैसा कायम भएको छ । यो साउन महिनाको भन्दा ८१ पैसा बढी हो । साउनमा यसको न्याभ ११ रुपैयाँ ७१ पैसा थियो ।  भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १४ करोड ५२ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ७ करोड ६९ लाख २८ हजार रुपैयाँ बढी हो । साउनमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ६ करोड ८२ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
यता, साउनमा २० करोड ८६ लाख ६४ हजार रुपैयाँमा रहेको बैंक मौज्दात भदौमा २३ करोड ९५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा फन्डले ७५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । नबिल बैंकको १ लाख १९ हजार ४० कित्ता सेयरमा १० करोड १५ लाख ४१ हजार रुपैयाँ लगानी गरिएको हो ।

तपाईको प्रतिक्रिया