सिद्धार्थ इक्विटी फन्डको भदौ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४८ पैसा कायम भएको छ । यो साउन महिनाको भन्दा ७४ पैसा बढी हो । साउनमा यसको न्याभ १० रुपैयाँ ७४ पैसा थियो ।  भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४.७३% ले बढी हो ।

साउनमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ रहेको थियो । यता, साउनमा ११ करोड १६ लाख २१ हजार रुपैयाँमा रहेको बैंक मौज्दात भदौमा १५ करोड ६४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा फन्डले ६९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको सेयरमा लगानी गरेको छ । नेपाल बैंकको ३ लाख २२ हजार ८७४ कित्ता सेयरमा ९ करोड ९४ लाख ४५ हजार रुपैयाँ लगानी गरिएको हो ।

तपाईको प्रतिक्रिया