आज पनि हाइड्रोमा लगानीकर्ताहरु झुम्मिए। यसले आज पनि निरन्तरता पायो।  सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार झिनो अंकले घटेर बजार बन्द भएको छ। आज कारोबार रकम भने बढेर झन्डै २ अर्ब रुपैयाँमा पुगेको छ। यो साताको सुरुआतदेखि नै नेप्से परिसूचकमा झिनो अंकले बजार उचारचढाव भइरहेकोमा आज बुधबारसमेत निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३.१९ अंकको गिरावटका साथ १५५०.४३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.६४ अंकको गिरावटका साथ ३०७.१७ को विन्दुमा सीमित बनेको छ।

अघिल्लो सातासम्म निरन्तर बढिरहेको बजार यो साता भने साइडवेजमा नै रहने र झिनो अंकले मात्र तलमाथि भइरहने विश्लेषकहरुको भनाइ छ। बजारप्रति लगानीकर्ताहरुको बलियो मनोविज्ञान रहेको र खरिदचापसमेत उच्च हुँदा पनि सेयर किनबेचमा निकै मोलतोल हुने गरेको छ।

आज विकास बैंक र हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा वृद्धि देखियो। हाइड्रोपावर कम्पनीका सस्ता मूल्यमा रहेका सेयरले समेत कारोबार रकममा हिट नगर्ने हुँदा परिसूचक र दैनिक कारोबार रकममा हिट नभइरहेको विश्लेषकहरुको दाबी छ।

तपाईको प्रतिक्रिया