सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म साधारण शेयर बिक्री नभईसकेमा कात्तिक ६ गतेसम्मका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।

कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ ।

सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइन्छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ ।

तपाईको प्रतिक्रिया