शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  राष्ट्रपति ट्रम्पले ट्वीटमा आफूहरुमा कोभिड १९ पोजिटिभ पाइएको उल्लेख गरेका छन् । यसकासाथै ट्रम्प दम्पत्ति क्वारेन्टिनमा रहने तथा औषधोपचारको प्रकृया सुरु गरेको पनि बताएका छन् ।

यसअघिको ट्वीटमा उनले ह्वाईट हाउसका एक सहयोगीमा कोरोना भाइरस पोजिटिभ पाइर्एपछि आफूहरु क्वारेन्टिनमा रहेको बताएका थिए् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन् ,’होप हिक्स जसले निरन्तर काम गरिन् ,उनलाई कोभिड १९ पोजिटिभ देखियो । म र मेरी श्रीमति कोभिड १९ परीक्षणको नतिजाको पर्खाइमा छौँ । हामीले तत्काल क्वारेन्टिनमा रहने प्रकृया सुरु गर्दै छौँ ।’

तपाईको प्रतिक्रिया