मेगा बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आवेदन गर्ने आज (असोज १८ गते) देखि अन्तिम दिन रहेको छ। बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असोज ११ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो। उक्त शेयरमा आइतबार बैंंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ।

बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गरेको हो।

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएकाे हो।

लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

लिलामी शेयरमा आवेदन गर्दा न्यूनतम १ सय रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर संख्या र मूल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया