हाइड्रोपावर र म्युचुअल फण्ड बाहेक अन्य सुचक साताको पहिलो दिन बढेको छ । आज शेयर बजारमा १४.७१ अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि नै सुधार देखिएको बजारमा तीन अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ।

वाणिज्य बैंकको सूचक १५.५६ अंकले बढेको छ। समग्र नेप्से सूचक ०।९४ प्रतिशतले बढेर १५८५.७५ अंकमा पुगेर रोकिएको छ। ८२ वटा कम्पनीको मूल्य बढ्दा ७२ वटाको मूल्य घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स र शिवम सिमेन्टको शेयर मूल्यमा ‍९ प्रतिशतभन्दा माथिको सुधार भएको छ। शिवम् सिमेन्टको सबैभन्दा धेरै २६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। आजको नेप्से सूचक ६ महिना यताकै उच्च हो।

दोस्रो बजारमा लगानीकर्ताको सक्रिया बढे सँगै कारोबार रकम र सूचकमा उल्लेख सुधार भएको छ। बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा शेयर कर्जाका लागि आह्वान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया