नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् । शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले शनिबारको अन्तवार्तापछि आइतबार श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धाबाट सीईओ छनौटका लागि ४ जना आवेदक मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा चार जनाबाट उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गरी असोज १७ गते शनिबार अन्तवार्ता लिएको थियो।

शनिबार भएको दुवै उम्मेदवारको अन्तर्वार्ताको ब्यबसायी रणनीति, र कार्ययोजना प्रस्तुतीकरणको आधारमा श्रेष्ठ सीइओमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया