सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– दरको १२,३०,००० कित्ता  साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा समेत नियुक्त गरेको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कम्पनीे अध्यक्ष श्री विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख वित्तीय अधिकृत श्री कृष्ण सिग्देलको उपस्थिती रहेको थियो ।
उर्जा डेभलपर्स प्रा.लि को ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लाको नामसालिङ्गमा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनाको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

तपाईको प्रतिक्रिया