नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । स्टकका अनुसार स्वाभिमान लघुवित्तको वित्तीय संस्था लिमिटेडको माघ १० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २४ प्रतिशत बोनस शेयर पारित भएको थियो। सोही शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
आव २०७५।७६ को साधारण सभाका लागि लघुवित्तले २०७६ पुस २५ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार पुस २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । 

Online Arthik










