अपि पावर कम्पनी लिमिटेडले आउँदो कात्तिक १४ गतेदेखि सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो।  हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल, काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको अपि पावर कम्पनीको कार्यालय, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ पोर्टलमार्फत आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम मिति मंसिर ४ गते बैंकिङ समयसम्म तोकिएको छ।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीका चुक्तापुँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद निष्कासनार्थ कम्पनीले गत २०७६ चैत १ गते बुक क्लोज गरेको थियो। यसर्थ २०७६ फागुन ३० गतेसम्म कायम सेयरधनीहरु मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको यो हकप्रदलाई इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ।

तपाईको प्रतिक्रिया