सिभिल लघुवित्त वित्तीय संस्थाले हकप्रदमा बिक्री नभएका ८९ हजार कित्ता शेयरको लिलामी आजदेखि आवेदन दिन सकिने भएको छ । लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो। लिलामी शेयरमा आवेदन दिन चाहनेले कार्तिक २ गतेसम्ममा सेञ्चुरी क्यापिटल तथा सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यलयबाट आवेदन पेश गर्न सक्नेछन्। लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम १०० रुपैयाँ अंकित गरि आवेदन पेश गर्न सक्नेछन्।

बोलकबोल पेश गर्दा संस्थापकको हकमा न्यूनतम १ हजार कित्ता र साधारणको हकमा न्यूनतम १०० कित्ता शेयर खरिदको लागि आवेदन दिनुपर्नेछ। अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको एक व्यक्तिले किन्न वा राख्न पाउने शेयर संख्याभन्दा कम शेयर खरिदको लागि आवेदन पेश गर्न सकिनेछ। लगानीकर्ताले आफुले लिन चाहेको शेयर कित्ता र शेयर मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। बोलपत्रमा सबैभन्दा बढी बोलपत्र पेश गर्न आवेदकलाई पहिलो प्राथामिकतामा राखेर क्रमैसँग शेयर बाँडफाँड गरिनेछ।

तपाईको प्रतिक्रिया