शिवम् सिमेन्टस् लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २८ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कूल २४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।  प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

तपाईको प्रतिक्रिया