साताको अन्तिम धितोपत्र कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज कारोबार रकम भने थोरै घटेको छ। आज नेप्से परिसूचक १।२९ अंक बढेर १५६२।४६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०।३३ अंकको बढोत्तरीका साथ ३१०।०८ को उचाइमा पुगेको छ। चाडपर्वका निम्ति खर्च जोहो गर्ने र चाडपर्वपछि मात्र सेयरमा लगानी बढाउने परिपाटी रहेकाले समेत हिजोआज दैनिक कारोबार रकम निरन्तर घट्दै गइरहेको र सक्रिय सेयर कारोबारमा समेत केही संकुचन आएको विश्लेषकहरु बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत् समूहमा सबैभन्दा बढी ७.१ अंकको बढोत्तरी भएको छ। अन्य समूह ६.५५ अंकले बढेको यो दिन बैंकिङ समूह १.९ अंक, व्यापार समूह ३.१९ अंक र म्युुचुअल फन्ड समूह ०.०१ अंकले उकालो लागे।

आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा २९.५५ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूह २४.४२ अंकले घटेको यो दिन होटेल्स् समूह १५.८५ अंक, विकास बैंक समूह ११.१ अंक, वित्त समूह ०.३२ अंक, लघुवित्त समूह १.६ अंक र जीवन बीमा समूह १६.८ अंकले ओरालो लागेका छन्।

तपाईको प्रतिक्रिया