गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम मंगलवारदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँट कात्तिक २ गते गरेको हो। आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गर्ने बताएको छ ।

साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा सम्र्पक गर्न पनि कम्पनीले भनेको छ ।

कम्पनीले गत असोज १३ गतेदेखि १९ गतेसम्म ५ लाख ९०हजार १४ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

तपाईको प्रतिक्रिया