एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बैंककाे मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६/ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया