गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका सन्दर्भमा बुधबार

जनआस्था दैनिकमा प्रकाशित समाचार भ्रामक रहेको उहाँको सचिवालयले जनाएको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै सतिवालयले त्यस्ता समाचारको भ्रममा नपर्न पनि जनसमक्ष आग्रह गरेको छ । बुधबार जनआस्था दैनिक र जनआस्था अनलाईनमा गण्डकी मन्त्रीकागडवडी शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
जसमा मन्त्री बस्नेत उपर विभिन्न आरोप लगाइएका छन् । कुनै आधार र प्रमाणविना कपोकल्पित र झुटा आरोप लगाउने र जनतामा भ्रम सिर्जन गर्ने दुष्ति नियतका साथ प्रकाशन भएको उक्त समाचार खेदजनक रहेको मन्त्री बस्नेतको नीजि सतिवालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मन्त्री बस्नेतको चरित्र हत्या हुने गरी प्रकाशित उक्त समाचारको कानूनी उपचार खोजिने उल्लेख गरिएको छ । यस मन्त्रालयबाट सम्पादन भएका र गरिने कामहरु पारदर्शी र नियम बमोजिम भएको उल्लेख गरिएको छ ।
सत्यतथ्य र यथार्थमा आधारित समाचार र जनसमक्ष पु¥याई सञ्चार माध्यमको आचारसंहिताको पालन गर्न समेत सतिवालयले सचेत गराएको छ ।

 

तपाईको प्रतिक्रिया