सिटिजन्स बैंक ले चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा खुद नाफामा ४७ प्रतिशतको बढोत्तरी गरेको छ । असोज मसान्त्सम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा १६ करोड ६४ लाख अर्थात करिब ४७.६६ प्रतिशत बढी हो ।

अघिलो आवको पहिलो तीन महिनामा बैंकले ३४ करोड ९१ लख नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ९२ लाख ७४ हजार रुपैंयाँ कायम भएको छ ।

बैंकको नाफा पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानीमा पनि बढेको छ ।

९ अर्ब ८ करोड ९८ लाख चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा ३ अर्ब ९० करोड रुपैंयाँ रहेको छ भने रिटेन अर्निङमा ९४ करोड ३७ लाख रहेको छ । सिटिजन्सले यसअवधिमा ९७ अर्ब ९४ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा १.४३ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा, मुल्य आम्दानी अनुपात ९.४८ पैसा छ । बैंकको सीडी रेसियो ७३.५० प्रतिशतमा कायम छ ।

तपाईको प्रतिक्रिया