सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ। बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि भोलि सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतल आज (कात्तिक १६ गते) सम्म कायम सेयरधनीहरु लाभांश प्राप्तिका योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँको कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ३.६० प्रतिशतले हुने आउने नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश बैंकको यही कात्तिक २८ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुने वार्षिक साधारणसभाले पारित गर्नेछ।

Online Arthik










