दुई वित्तीय संस्था आपसमा गाभिएर बनेको सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज सोमबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ।

साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्त बनेको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मर्जर प्रक्रिया टुंग्याएर बनेको सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर हिजो आइतबार सूचीकरण सम्झौता भएको छ। योसँगै अब सोमबारबाट सारथी नेपाल लघुवित्तको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया