सुनको भाउ उकालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ। यो गिरावटसँगै चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










