कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। बैंकले ‘९.५% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यो ऋणपत्र निष्कासनको माग गर्दै बैंकले गत कात्तिक ३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाइबराबरको ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ। कुल इकाइमध्ये बैंकले ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ६ लाख इकाइ प्राइभेट प्लेसमेन्टअन्तर्गत बिक्री गर्नेछ।

१० वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ९.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले इकाइधनीहरुलाई अर्धवार्षिक रुपमा यो ऋणपत्रको ब्याज भुक्तानी गर्नेछ।

यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया