नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्य पदका लागि युवा व्यवसायी परशुराम चपाईले उम्मेदवारी दिएका छन् । टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सुदूरपश्चिमबाट खुल्ला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्ने चपाई एकमात्र उम्मेदार हुन ।

सफल युवा व्यवसायी चपाई टीकापुर उद्योग वाणिज्य संघको पधादिकारी हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यवसायी चपाई अटोमोबाइल लगायत व्यवसायमा आवद्ध हुनुहुन्छ । सुदूरपश्चिमको आर्थिक गतिविधिलाई अझ बढी सशक्त र मजबुत बनाउन आफूले महासंघमा उम्मेदवारी दिएको बताउनुभयो।


उनले वरिष्ट उपाध्यक्षका उम्मेदार चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितका पदमा चुनाव हुने भएको छ। महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन ।

महासंघले यहि मंसिर १३ गते चुनावको मिति तोकेको छ भने मंसिर ४ गतेसम्म उम्मेदवारी दर्ता गर्न सकिने चुनावी तालिका रहेको छ । महासंघले साधारण सभाको मिति तोके पनि सरकारले गरेको लकडाउनका कारण स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया