नेपाल स्टक ब्रोकर एशोसिएसनको २६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन्।
उनी सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन्। एशोसिएसनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन्।

त्यस्तै सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् । कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन्। एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो।

तपाईको प्रतिक्रिया