घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोकिएको छ । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएपछि घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोकिएको हो । यी दुई लघुवित्तले एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन्। यससँगै, नेपाल स्टक एक्सचेञ्जले घोडीघोडाको शेयर कारोबार रोक्का गरेको छ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम घोडीघोडाको शेयर कारोबारा कात्तिक २३ गतेदेखि रोक्का गरिएको हो।

तपाईको प्रतिक्रिया