सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाइड्रोको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड २३ लाख रुपैयाँ अर्थात् १०.९४ प्रतिशत धेरै हो। गत आवको सोही अवधिमा हाइड्रोले २० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री मार्फतको आम्दानी बढ्नुका साथै वित्तीय खर्च व्यवस्थापन गर्दा हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो।

यस अवधिमा हाइड्रोले विद्युत बिक्री मार्फत् ३४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। हाइड्रोको यो आम्दानी गत आवको यसै अवधिको तुलनामा एक करोड २९ लाख रुपैयाँ अर्थात् ३.९५ प्रतिशत धेरै हो।

चुक्ता पूँजी २ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ रहेको हाइड्रोको शेयरधनी कोषमा ८७ करोड ८० लाख रुपैयाँ र अन्य जगेडा कोषमा ४५ लाख ५४ हजार रुपैयाँ रहेको छ।

यस अवधिमा हाइड्रोको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५७ पैसा छ।

तपाईको प्रतिक्रिया