धनतेरसको दिन सुनको मूल्यमा वृद्धि भएको छ । कार्तिक २८ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको भाउ घटेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी पछिल्लो तीन दिन लगातार प्रतितोला एक हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज धनतेरस पर्व भएकाले मानिसहरु सुनचाँदी किन्ने गर्दछन् जसकारण सुनचाँदी पसलहरुमा भिडभाड भएको छ । यद्यपी अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष भने यस व्यवसाय प्रभावित बनेको छ । कोरोना महामारीका कारण यसको प्रभाव व्यवसायमा परेको हो ।

तपाईको प्रतिक्रिया