रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाइड्रोपावरको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ८२ लाख रुपैयाँ अर्थात् ६०५.६१ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरको खुद नाफा ७९ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

रैराङ खोलाबाट उत्पादन भएको विद्युत विक्री मार्फतको आम्दानी बढ्नुका साथै इवा खोलाबाट उत्पादित विद्यूत विक्रीबाट आकर्षक आम्दानी भएकाले हाइड्रोपावरको नाफामा उच्च बढोत्तरी देखिएको हो ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत कुल ९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये रैराङ खोलाबाट उत्पादन भएको विद्युत विक्री मार्फत् २८ लाख ९७ हजार रुपैयाँ र इवा खोलाबाट उत्पादन भएको विद्युत विक्री मार्फत् ९ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको हो ।

गत आवको सोही अवधिमा हाइड्रोपावरले रैराङ खोलाबाट उत्पादन भएको विद्युत विक्री मार्फत् १५ लाख ४७ हजार रुपैयाँ र इवा खोलाबाट उत्पादन भएको विद्युत विक्री मार्फत् एक करोड १६ लाख रुपैयाँ गरी कुल एक करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ३० रुपैयाँ २२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ६.५८ गुणा छ ।

तपाईको प्रतिक्रिया