साधना लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १२७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा लघुवित्तले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १२७.९५ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ७६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी पनि १ करोड २१ लाख रुपैयाँबाट बढेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा लघुवित्तले ७१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा १ करोड ५ लाख थियो। सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा उसको सञ्चालन नाफा कम भएको हो। लघुवित्तले सभावित जोखिम बापत १ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ।

यस अवधिमा लघुवित्त २ करोड ५ लाख खराब कर्जा उठाउन सफल भएको छ।

लघुवित्तको निक्षेप संकलन ३२ करोड ५९ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ अर्ब ३६ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.३२ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ।

हाल २१ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ छ।

विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २५.४१ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया