सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको नाफा २७ प्रतिशतले घटेको छ । बैंकको असोज मसान्तसम्ममा नाफा अघिल्लो वर्षको सोही अवधीको तुलनामा २७ प्रतिशतले घटेको हो ।

बैंकले ३ महिनामा ८२ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको यो वर्ष पहिलो ३ महिनामा खराब कर्जा अनुपात समेत बढेको छ । बैंकको खराब कर्जा अनुपात ४.१० प्रतिशत छ । अघिल्लो वर्ष ३.५० प्रतिशत थियो ।

वाणिज्य बैंकले असोज मसान्तसम्ममा २ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तै कर्जा तर्फ १ अर्ब ४९ करोड रहेको छ ।
९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकको रिजर्बमा १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

पूर्ण सरकारी लगानीको वाणिज्य बैंकले ३ महिनाको नाफाबाट सरकारलाई ४३ करोड रुपैयाँ बाँड्न मिल्ने नाफा गरेको छ ।

तपाईको प्रतिक्रिया