युनाईटेड इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएको छ । उनको मिति २०७७ साल कार्तिक २४ गतेबाट करार अवधि समाप्त भएको हो ।

भट्टराईको बिदाई पश्चात् कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत श्री उपासना पौडेलज्यूलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको कम्पनीले जनाएको छ । भट्टराईको कार्यकालमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया