गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको अध्यक्षमा विवेद दुगड चयन भएका छन् ।

आज सम्पन्न १० औँ वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीका तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव (प्रतिनिधि, सनराइज बैंक), शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी र सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेडलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

सभाले सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै आजै सम्पन्न सञ्चालक समितिको बैठकले विवेक दुगडलाई अध्यक्षमा चयन गरेको छ ।

तपाईको प्रतिक्रिया