महिला लघुवित्त वित्तीय संस्था आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।

लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.१३ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५४ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।

तपाईको प्रतिक्रिया