भर्खरै आईपीओ निष्कासन गरेको माउन्टेन इनर्जी नेपाल लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिला, खारेजलगायतको सेयरसँग सम्बन्धित सबै काम गर्न एनआईबीएल एस क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो। माउन्टेन इनर्जी र एनआईबीएल एस क्यापिटलबीच हिजो बिहीबार सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा माउन्टेन इनर्जीका तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।
हिजैबाट यो सम्झौता लागू भइसकेको छ।

अब उक्त सेयरहरु बाँडफाँट भई सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरणपछि बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर हितग्राही खातामा जम्मा गर्नेलगायत सेयर रजिस्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबीएल एस क्यापिटल लिमिटेडबाट हुनेछ।

तपाईको प्रतिक्रिया