नारायणी डेभलपमेन्ट बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग हकप्रद जारी गर्न अनुमति माग गरेको छ ।

बैंकले एक बराबर एक अनुपात (१०० प्रतिशत) मा हकप्रद शेयर जारी गर्न निवेदन पेश गरेको बोर्डले जनाएको छ । यसअनुसार बैंकले १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

यस हकप्रदमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । शतप्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पूँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया