आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मूल्य समायोजन गरेको हो । आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा १५ प्रतिशत बोनस समायोजन गरी नेप्सेले प्रतिकित्ता ८६१ रूपैयाँमा मूल्य तोकेको छ ।

नेप्सेले समायोजन गरेको मूल्यका आधारमा मानेर लघुवित्तको सोमबार कारोबार खुल्नेछ ।

लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद सहित कूल २० प्रतिशत लाभांश पारित सहितका अन्य प्रस्तावहरु राखेर मंसिर २२ गते, सोमबार संस्थाको २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया