नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन बुधबार उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार बुधबार कूल १९६ वटा कम्पनीकाे एक कराेड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएकाे छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

Online Arthik










