अरुण कावेली पावरले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको ६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ।

कम्पनीले शुक्रबारदेखि लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुकक्लोज गर्ने भएकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

कम्पनीले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले मंसिर २२ गते साधारणसभा आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया