अरुण कावेली पावरको बोनसपश्चात नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य सायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो। नेप्सेले कम्पनीको ५.७१ प्रतिशत बोनसमा मुल्य समायोजन गरी प्रतिकित्ता २५४ रुपैयाँ कायम गरेको छ। यहि मुल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

विहीबार कम्पनीको शेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम काराेबार भएको थियो।

कम्पनीले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले मंसिर २२ गते सा स्धारणसभा आह्वान गरेको छ।

कम्पनीले शुक्रबारदेखि लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरेकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

तपाईको प्रतिक्रिया