नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) सर्बाधिक कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको हो । यसअघि मंसिर ११ गते नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख बढीको कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज नेप्सेमा ७५.२ अंकले बढेर एक हजार ९ सय ६८ दशमलब २४ विन्दुमा पुगेको छ भने ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।

तपाईको प्रतिक्रिया