हिमालयन बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

तपाईको प्रतिक्रिया