माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको साधारण शेयर भोलि बुधबार १० बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको उक्त जानकारी दिएको हो ।

कम्पनीले आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार बिहान १० बजे साधारण शेयर बाँडफाँड गर्न लागेको हो ।

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको साधारण शेयरमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । यो मागभन्दा ७. ६१ गुणा धेरै हो ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको साधारण शेयर १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउनेछन् । यस अनुसार साधारण शेयरमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना अर्थात करिब ७२ प्रतिशत आबेदकको हात खाली हुनेछ ।

तपाईको प्रतिक्रिया