माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको साधारण शेयर आज बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको साधारण शेयर बाँडफाँड भएको हो ।

कम्पनीको साधारण शेयरमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको थियो । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकि ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । त्यसमध्ये २० कित्ता भन्दा बढी आबेदन ५ जनालाई थप १ कित्ता गरी ११ कित्ता वाँडफाँड गरिएको हो ।

 

तपाईको प्रतिक्रिया