साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.७७ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७०.६२ अंक बढेर २०७१.०२ विन्दुमा पुगेको नेप्से यस दिन प्रि ओपन सेसनमा १९.७७ अंक बढेर २०९०.८० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ।

सो सेसनमा ५२ कम्पनीको २ करोड ४२ लाख ७६ हजार ३८६ रुपैयाँ बराबरको २१ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

तपाईको प्रतिक्रिया