रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मंसिर २६ गते १९औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले विहान ११ः०० बजेदेखि कर्पाेरेट कार्यालय थापाथलीमा सभा बोलाएको हो ।
कम्पनीले कोभिडको कारण भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । यसर्थ शेयरधनीहरुलाई सभामा उपस्थितिको लागि जुम आइडी र पासवर्ड उपलब्ध गराईने कम्पनीको भनाई छ ।
सभाले कम्पनीले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । त्यस्तै कम्पनीको नियमावली तथा प्रबन्ध पत्रमा संशोधन सम्बन्धी पारित प्रस्ताव कम्पनीको रजिष्टर्ड कर्यालयबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
साधारणसभाका लागि मंसिर १५ गते सोमबार एक दिन दर्ता किताब बन्द राखिएको थियो । मंसिर १४ गतेसम्म नेपाल स्टक एकसचेञ्ज लिमिटेड (नेप्से)मा कारोबार भई ७ कार्य दिन दाखिला खारेजका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

Online Arthik










