मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५ हजार ६८७.५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९८३.५६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया