डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नगद लाभांश भु्क्तानी लिन बाँकी शेयरधनीलाई शेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ । एक सूचना जारी गरी डिप्रोक्स लघुवित्तले बाँकी रहेको नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।

लगानीकर्ताले ५ वर्षभन्दा पुरानो नगद लाभांश रकम लिनको लागि सम्पर्क नगरे कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा गरिने डिप्रोक्स लघुवित्तले जनाएको छ ।

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुको नाम डिप्रोक्स लघुवित्तको वेव साईटमा राखिएको कम्पनीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया