नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांशमा नकारात्मक सर्किटका कारण यो हप्ताको पहिलो दिन आइतबार बजार सवा घण्टा पहिला नै बन्द भएको छ । बजारको शुरुवात देखिनै घटिरहेको बजार २ बजेर १५ मिनेट जाँदा ६ प्रतिशतको गिरावटसँगै १२३.३४ अंकले घटेपछि बजार बन्द भएको हो ।

आइतबार शेयर बजारमा ७ अर्ब २० करोडको कारोबार भएको छ । भने नेप्से सूचकांश एक हजार ९ सय ३२ दशमलब ११ विन्दुमा आइपुगेको छ ।

तपाईको प्रतिक्रिया