मञ्जुश्री फाइनान्सले २३.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट लाभाश वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्सले चुक्ता पूँजीको १८ प्रतिशत अर्थात १४ करोड ७२ लाख ६३ हजार ६२७ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित ५.५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ९७ हजार २१९ रुपैयाँ नगद नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

 

तपाईको प्रतिक्रिया