एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आइतवार २३औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले सोही आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ ।

सभा भर्चुअल माध्यमबाट बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गरिएको हो । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।

हाल रू. ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्तापूँजी रहेको कम्पनीको १९ प्रतिशत बोनस पश्चात उक्त  पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार पुगेको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस कम्पनीले यो वर्ष बोनस शेयरमा जोड दिएको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले रू. ३ अर्ब १२ करोड १४ लाख ८७ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ४४ करोड ७ लाख ३४ हजार थियो । कम्पनीले कुल रू. १ अर्ब ९४ करोड ३५ लाख बराबरको लाभांश यो वर्ष वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया